नरेश र श्याम सम्मानित, कुबेर, शारदा र बिनोद पुरस्कृत


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ

चलचित्र पत्रकारिता दिवस  तथा चलचित्र पत्रकार संघको २० औ स्थापना दिवसको अवसरमा मँगलबार काठमाडौंमा सम्मान तथा पुरस्कार प्रदान गरियो ।
सो कार्यक्रम गर्दै ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७५’ बाट दुई जना पत्रकारलाई सम्मानित गरियो ।

कार्यक्रममा पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएममा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६ बाट सम्मानित गरियो ।

यस्तै चलचित्र पत्रकारिता पुरस्कार २०७६ बाट संघले संघका सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत पत्रकार शारदा थापालाई पुरस्कृत गर्यो । उनीहरुलाई जनही २१ हजार रुपैयाँ, ट्रफी र ताम्रपत्रबाट पुरस्कृत गरियो ।

सोही कार्यक्रममा संघका सदस्य तथा मेरो फिल्म डटकमका फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७६बाट पुरस्कृत गरियो ।

सञ्चार, सुचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकारहरुलाई पुरस्कार एवम् सम्मान प्रदान गरे । मन्त्री बासकोटाले कुनै पनि हालतमा फिल्म हलमा बक्स अफिस लागू गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले पत्रकारहरुका लागि आफुले विभिन्न कार्यक्रम मार्फत सघाउने प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीलिप थापामगरले सरकारले अहिले ल्याउन लागेको सञ्चार कानूनका कतीपय बुँदा हटाउन मन्त्रीसँग माग गरे ।

कार्यक्रममा अभिनेता भुवन केसीले पत्रकार र कलाकारको सम्बन्धबारे प्रकाश पारे । यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले सो पुरस्कार र सम्मानबारे कार्यक्रममा जानकारी गराए । समारोहमा विभिन्न सिनेकर्मीहरुको उपस्थित थियो ।