आईआईएफटी र फ्लाईटेकलाई वल्र्ड स्ट्यान्डराईजेसन सर्टिफिकेसनको प्रमाणपत्र


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ

वल्र्ड स्ट्यान्डराईजेसन सर्टिफिकेसन (डब्लु एस सी) द्धारा ईन्टरनेशनल इन्स्टिट्युट अफ फेशन टेक्नोलोजी र फ्लाईटेक ईन्टरनेशनल ग्लोबल कलेज इन्टरनेशनललाई गुणस्तरमा उपयुक्त भएको प्रमाणपत्र प्रदान गरेको छ । समाजसेवी एवम् उद्यमी इन्द्रिरा सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहमा वल्र्ड बुक अफ रेकर्डस् नेपालका अध्यक्ष सागर कट्वालले सो प्रमाणपत्र प्रदान गरे ।

(डब्लु एस सी) वल्र्ड बुक अफ रेकर्डस को गुणस्तर मापन विभाग हो । कुनै पनि क्षेत्रमा विश्वस्तरीय सेवा सुविधा दिईरहेको संस्थालाई मूल्याङ्कन पश्चात् यो संस्था द्धारा प्रमाणपत्र प्रदान गरिन्छ ।

वल्र्ड बुक अफ रेकर्ड विश्वव्यापी रुपमा रेक्र्डहरु प्रमाणिकरण गर्ने अन्तराष्ट्रिय संस्था हो । यसले बेलायत, अमेरिका, अष्टे«लिया, मोरिसस, लगायत देशबाट आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ ।

एसिया, अफ्रिका, र युरोपभर विश्वव्यापी सञ्जाल मार्फत वल्र्ड बुक अफ रेक्र्डले एैतिहासिक सम्पदाहरु तथा साँस्कृतिक, सामाजिक, आर्थिक एवं सांगीतिक लगायतका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सूचिकृत तथा सम्मानित गर्दै आएको छ ।