चम्सुरीलाई जन्मदिनमा साग, मुला तरकारी उपहार


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ

कुनै कलाकारलाई जन्म दिनको पार्टीमा मुला,फर्सी, साग, मकैकोे घोगा जस्ता उपहार दिईयो भन्ने जानकारी पाउँदा यहाँहरुलाई अचम्म लाग्न सक्छ । किनकी जन्म दिनमा महँगा, विशेष र आकर्षक उपहार दिने गरिन्छ ।

हो, हास्य अभिनेत्री चम्सुरी अर्थात पल्पसा डंगोलले आफ्नो जन्म दिनमा यस्तै अनौठा अनौठा उपहार प्राप्त गरेकी छिन् । शुक्रबार बेलुका उनलाई जन्म दिनको पार्टीमा यस्तै यस्तै अनौठो उपहार दिएको दृष्य देखियो ।

काठमाडौको लामिजपाट स्थित नेपाली भोजन होटलमा उनले आफ्नो जन्म दिन मनाईन् । सोही कार्यक्रममा मेरी बास्सैका हास्य अभिनेता बल्छी धु्रबे अर्थात मरिचमान श्रेष्ठ सहित विभिन्न कलाकारले चम्सुरीलाई एक मुठा पालुँगोको साथ उपहार दिए । केही कलाकारले त उनलाई चुम्सरको साग पनि दिए ।

साग उपहार दिँदै बल्छी धुब्रेले कार्यक्रममा चम्सुरीलाई जन्म दिनको शुभकामना व्यक्त गरे । चम्सुरीलाई साथ साह्रै मिठो लाग्ने भएकाले यस्तो उपहार दिईएको पनि उनले बताए ।

त्यो साग उपहार पाएपछि अभिनेत्री चम्सुरीमा खुसीको सिमा रहेन् । त्यो साग आफ्नो लागि ठुलो उपहार भएको बताउँदै उनले भोली पल्ट बिहानै त्यो साग पकाएर खाना खाने बताईन् । साग पात तरकारीसँगै सो कार्यक्रममा चम्सुरीलाई अतिथिहरुले थरी थरीको उपहार दिए ।

र्की अभिनेत्री सुनिता गौतम अर्थात मेरी बास्सैकी मैले पनि चम्सुरीलाई गज्जबले सप्रिएको एक मुठा मुला उपहार दिईन् । उपहारमा प्राप्त त्यो मुलालाई आफुले अचार बनाएर मेरी बास्सैको सुटिङमा सबै कलाकारलाई खुवाउने बाचा गरिन् ।

कार्यक्रमको अन्त्यमा चम्सुरीसँग बल्छी धुर्बे छमछमी नाचे । चम्सुरी, बल्छी ध्रुबे, मैयाको नाच निकै आकर्षक थियो । गायक रामचन्द्र काफ्ले, फेसन डिजाईनर काजल शर्मा र चम्सुरीको नाच पनि त्यत्तिकै आकर्षक थियो । सो कार्यक्रममा चिटिक्क परेर आएकी चम्सुरीले आफुलाई रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले यती सुन्दर बनाईदिएको उनले बताईन् ।