रातो टिका निधारमा निर्माणमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ

निर्माता निर्देशक अशोक शर्मा नयाँ चलचित्र ‘रातो टिका निधारमा’को निर्माण, निर्देशनमा उत्रिएका छन् । अघिल्लो फिल्म जय भोलेको सफलतापछि आफ्नै लेखन, निर्देशनमा उनले यो चलचित्र बनाउन सुरु गरेका हुन् । आफ्नो चलचित्र अल्लारेको गीत रातो टिका निधारमा…हिट भएपछि सोही गीतबाट शर्माले यो चलचित्रको नाम जुराएका हुन् ।

यो चलचित्रको आईतबार राजधानीमा एक समारोहबीच निर्माण घोषणा गरियो । यो चलचित्रको १० जेठबाट झापादेखि छायाँकन सुरु हुने भएको छ । रातो टिका निधारमाको निर्मातामा किरण शर्मा र कृति शर्मा रहेका छन् ।

चलचित्रबाट आफ्नै छोरा अंतिक शर्मालाई उनले नायकको रुपमा डेब्यु गराएका छन् । चलचित्रमा अंकितसँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, निता ढुँगाना, बुद्दि तामाङ, खुस्बु खड्का, राजाराम पौडेल, रविन्द्र झा, शिबहरि पौडेल, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, जयनन्द लामा, अर्जुन श्रेष्ठसहितको कलाकारको मुख्य भूमिका योच चलचित्रमा रहने छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ चलचित्र रातो टिका निधारमा नयाँ अभिनेता अंतिक शर्माको जोडी बनेर प्रस्ततु हुँदैछिन् । साम्राज्ञीसँगै फिल्ममा निता ढुगाना पनि अंकितकै जोडी बनेर रातो टिका निधारमामा प्रस्तुत हुँदैछिन् । यो चलचित्र आगामी दशैंमा रिलिज गरिने भएको छ ।

बरिष्ट संगीतकार शम्भुजित बास्कोटा, कल्याण सिंहको संगीत रहेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहने छ ।