सोनाल र कस्मताको ‘माया बस्छ कि के हो’ बाट डेब्यु


ब्युटी न्युज नेपाल
काठमाडौ, ६ जेठ

चलचित्र माया बस्छ कि के हो निर्माण हुने भएको छ । निर्देशक राजु अधिकारीको निर्देशनमा यो चलचित्रलाई जनपुकार मिडिया हाउसको ब्यानरले निर्माण गर्दैछ ।

प्रेमकथानक फिल्मबाट सोनाल तामाङ र कस्मता निरौलाले डेब्यु गर्दैछन् । फिल्ममा सोनाल र कस्मताका साथमा बेलायत निवास ध्रुव दत्त र बेल्जियमका बेनी ढुंगाना प्रमुख भूमिकामा रहने छन् भने केही कलाकारको छनौट कार्य बाँकी छ । डेब्यु हिरो सोनाल र डेब्यु हिरोइन कस्मताले पहिलो फिल्मबाटै दर्शकले आफूहरुलाई मन पराउने बिश्वास ब्यक्त गरे ।

शरद अधिकारी प्रस्तुकर्ता रहेको यो चलचित्रको आइतबार राजधानीमा प्रेसमिट गरि घोषणा गरियो । अधिकारीका अनुसार बेलायत, स्कटल्यान्डलगायतका युरोपका बिभिन्न देशमा यो चलचित्रको छायाँकन हुनेछ ।

फिल्मको कार्यकारी निर्मातामा बहादुरसिंह तामाङ (लामा) र कृष्ण गिरी छन् । रबिन्द्र बरालले खिच्ने फिल्मको सुटिङ असार दोश्रो सातादेखि सुटिङ थालीने निर्देशक अधिकारीले जानकारी दिए ।

आफूहरु उच्चकोटीको फिल्म बनाउने प्रयासमा रहेको प्रस्तुतकर्ता शरद अधिकारीले बताए । उनले कथाको मागअनुसार नै बिदेशमा सुटिङ राखिएको दावी गरे ।

अर्जुन पोखरेलको संगीत, आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा, सम्वाद रहेको फिल्मको मुख्य सहायक निर्देशकमा दीपक अधिकारी छन् ।

कार्यक्रममा चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र निर्माता संघका महासचिव रोज राणा, अभिनेता सुन्दर श्रेष्ठलगायतले फिल्मलाई सफलताको शुभकामना ब्यक्त गरे ।