प्रशिक्षणमा मिसेस नेपाल ग्ल्याम


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

‘मिसेस नेपाल ग्ल्याम २०१९’का १७ प्रतियोगी हहिले विविध प्रशिक्षणमा व्यस्त छन् । अन्तिम स्पर्धामा शिर्ष उपाधि जित्ने उदेश्य सहित उनीहरु प्रतिभा निखार्न प्रशिक्षणमा जुटेका हुन् ।

अन्जु खड्का राई, देवकी सेवा रिजाल, बीनू शाही, सुनीता फुयाल क्षत्री, शिल्भा तुलाधर, पनीता राइर्, सीमा शर्मा, निमा तामाङ, संध्या श्रेष्ठ, सीमा घतान विश्वकमार्, सोनिका कार्की, सोना राई लामा, कल्पना प्रधान, प्रज्ञा श्रेष्ठ, मीनु प्रधान श्रेष्ठ, प्रतिमा अधिकारी, पुण्य बज्राचार्य लगायत प्रतियोगी छन् ।

प्रशिक्षका क्रममा उनीहरुले सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेको कोरियोग्राफर आश्विनी झाले जानकारी दिए ।

विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्य प्रतियोगिता आयोजना हुँदै आएको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टकीे प्रिती कार्कीले जानकारी दिइन् ।