ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

नेसनल युथ लिड अवार्डस् २०१९ कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य, कोरियोग्राफर तथा इभेन्ट आयोजक धिरज तन्डुकारलाई प्रदान गरिएको छ ।

हालै राजधानीमा सम्पन्न ए समारोहबीछ मिष्टर भर्सटाइल अफ द इयर अवार्डबाट रोजिनलाई र स्कील एण्ड म्यानेज्मेन्ट ट्रेनिङ अवार्डबाट धिरजलाई सम्मानित गरिएको हो ।

सोही कार्यक्रममा अभिनेता विपिन कार्की, युवा व्यवसायी अलाइभ ग्लाइडर, संचार व्यवसायी सुमित प्रताप जंग बहादुर राणा, मोटिभेसनल स्पीकार सौनक भट्ट, गायिका त्रिशाला गुरुङ, मोफसलका फेसन कोरियोग्राफर रेशम न्यौपाने लगायत दुई दर्जन युवाहरु विभिन्न अवार्ड पाए । सो अवार्ड कार्यक्रमलाई ग्लोबल लिड नेटवर्कले राष्ट्रिय युवा परिषद् नेपालले आयोजना गरेको हो ।

कोरियोग्राफर रोजिनले सञ्चारकर्मी पेशासँगै देश बिदेशमा फेशन कोरियोग्राफी गर्दै आएका छन् । यता धिरजले इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टको ब्यानरमा विभिन्न सौन्दर्य प्रतियोगिता र इभेन्ट म्यानेजमेन्ट गर्दै आएका छन् ।