लागू औषध बिरुद्ध बर्दिबासमा सडक नाटक


ब्युटी न्युज नेपाल
बर्दिबास ५ जेठ

कलाकार तथा लेखक जीवनराज दाहाल हाल आफ्नै ठाउँ बर्दिबासमा चेतना मुलक नाटक मञ्चनमा व्यस्त छन् । एक सर्भेक्षण अनुसार बर्दिबासमा लागू औषधको दूूव्र्यसनीहरु बढीरहेका छन् । अझ लागू औषधका कारण वर्षिने युवाहरुको मृत्युको क्रम नरोकिएपछि युवा अभियान नेपाल बर्दिवासका युवाहरुले बर्दिवास नगरपालिकाको सहयोगमा लागू औषध दुब्र्यसन विरुद्धको नाटक बिम्ब प्रतिबिम्ब मञ्चन गरेका छन् ।

ईश्वर पोखरेलको लेखन तथा राजु दोङ्गको निर्देशनमा तयार भएको नाटकमा इन्द्र थापा, अनिल दाहाल, राजु दोङ्ग, जीवनराज दाहाल, सोबिका क्षेत्री, वेनिशा अधिकारी, मदन सुनदास, सविना लाम्गादे, रामबाबु महतो आदि कलाकारको अभिनय रहेको छ ।

स्थानिय स्तरमै रहेका केही कलाकार र केही राष्ट्रिय स्तरका कलाकारको अभिनय रहेको उक्त नाटक वरिष्ठ कलाकार सुभाष गजुरेल र समाजसेवी विष्णु बम्जनको संयोजकत्वमा तयार भएको हो ।

युवा अभियान नेपालको प्रयास, दुर्व्यसनमुक्त बर्दिवास भन्ने नाराका साथ सुरु भएको यस सडक नाटक खयरमारा, हाथिलेट, किसाननगर, बिजलपुरा, बर्दिवास चोक लगायत बर्दिवास नगरपालिकाका विभिन्न ठाउँहरुमा मञ्चन भइरहेको छ ।