अर्बुद रोग निवारण संस्था काठमाडौं अध्यक्षमा फेरी सुवाल


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ जेठ

समाजसेवी अजयसिंह सुवाल नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला साखाको सभापतिमा फेरी चुनिएका छन् । संस्थाको शुक्रबार सम्पन्न अधिवेसनले सुवाललाई आगामी एक कार्यकालको लागि सर्वसहमत रुपमा सभापति चयन गरेको हो । सुवाल तेस्रो कार्यकालको लागि पनि सभापतिमा चयन भएका हुन् ।

पुन एक कार्यकालको सभापतिमा चयन भएपछि सभापति सुवालले संस्थाले पहिले गरेको सेवामुलक कामको जानकारी गराउदै आगामि दिनमा पनि संस्थालाई सेवामुखी संस्थाको रुपमा अगाडि बढाउने बताए ।

बागबजार स्थित आरधान पार्टी प्यालेसमा आयोजित अधिवेसनले संस्थाका लागि १३ केन्द्रीय सदस्य समेत चयन गरेको छ । जसमा हरिगोपाल प्रधान, इशु श्रेष्ठ, बिरेन्द्र लाल श्रेष्ठ, रमेश महर्जन, मणिक रत्न शाक्य, किरण कुमार महर्जन, डा. बिमला शाक्य, श्रीकृष्ण महर्जन , राजेश श्रेष्ठ, फुपु तेन्जिङ शेर्पा, जुना श्रेष्ठ, दिब्य लक्ष्मी बज्राचार्य, निर्णय श्रेष्ठ लगायत रहेका छन् ।