४८ विधामा जिनियस अवार्डका मनोनयनलाई प्रमाणपत्र


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ

पहिलो संस्करणको जिनियर म्युजिक अवार्ड–२०७५ को मनोनयनमा पर्न सफल संगीतकर्मी तथा स्रष्टाहरुलाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ । जेठ ११ गते काठमाडौंमा आयोजना हुने यो अवार्डका विभिन्न ४८ विधामा मनोनयन रहेको थियो ।

संगीतकर्मी प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा संगीतकार राजु सिंह, गीतकार पुरु लम्साल, गायक रमेश पाठकसहितले मनोनित संगीतकर्मीहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

१ वैशाख २०७५ देखि चैत मसान्त २०७५ सम्म सार्वजनिक भएको गीत–संगीत तथा तीनका स्रष्टाहरुलाई विभिन्न विभिन्न ४८ विधामा जिनियस म्युजिक अवार्ड–२०७५ प्रदान गरिंदैछ ।

यो अवार्ड काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने छ । अवार्डका लागि उत्कृष्ट राष्ट्रिय भावनाको गीत, चलचित्र (गीतकार, गायक, गायिका, संगीतकार), लोक तथा दोहोरी, आधुनिक, पप, बाल गीत, म्युजिक भिडियो (महिला तथा पुरुष मोडल, छायांकार, सम्पादक, निर्देशक), संगीत संयोजक, ध्वनी मुद्रक आदि गरि विभिन्न विधामा अवार्ड वितरण गरिने छ ।

जिनियस म्युजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक ‘जिनियस म्युजिक एवार्ड–२०७५’ आयोजना गर्न लागेको हो ।