रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ

निर्माता निर्देशक मिलन चाम्सकोम निकै महत्वकाँक्षी चलचित्र बीर बिक्रम–२ शुक्रबारबाट मुलुकका सिनेमा हलमा रिलिज भएको छ । आफ्नो सिनेमा मोफसलका ६० र राजधानीका करिब २५ सहित ८५ ओटा सिनेमा हलबाट शुक्रबारदेखि एकसाथ प्रदर्शनी भएको पनि उनले बताए ।

अघिल्लो फिल्म बीर बिक्रम ब्यबसायिक रुपमा सफल भएपछि प्रिक्वेलको रुपमा यो चलचित्र निर्माण निर्देशन गरेको यी निर्देशक चाम्सले बताए । चलचित्र ‘बीर बिक्रम–२’ त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको निर्देशक चाम्सले जानकारी गराएका छन् ।

बुधबार बेलुका काठमाडौंमा प्रिमियर शो गरिएको यो फिल्मले सिनेकर्मी र सञ्चारकर्मीबाट राम्रो प्रतिक्रिया पाएकाले यसले दर्शकको पनि मन जित्ने निर्देशक चाम्सले जिकिर गरे । चलचित्रको शुक्रबार बिहानको शोमा केही हलमा दर्शकको राम्रो उपस्थित छ । समग्रमा फिल्मको ८० प्रतिसत दर्शकको सहभागिता देखिएको छ ।

चलचित्र बीर बिक्रम–२ लाई वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्दी तामाङ, बिनिषा भण्डारी, मनिष लिम्बु, देशभक्त खनाल, कृजन गौतम, सौरभ शाह सहितको अभिनय रहेको पनि उनले जानकारी गराए ।