ब्युटी न्युज नेपाल
काठमाडौं, १ जेठ

३ जेठ अर्थात शुक्रबारबाट मुलुक भर दुई चलचित्र जात्रै जात्रा र बीर बिक्रम–२ रिलिज हुँदैछन् । यी दुबै फिल्मको बुधबारबाट देशभरका मल्टिप्लेक्स सिनेमा हलमा बुकिङ खुला गरिएको छ । बुकिङमा बुधबार बेलुकासम्मको रिपोर्ट हेर्दा जात्रै जात्रै अगाडी छ ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र जात्रै जात्राले सबैजसो मल्टिप्लेक्समा राम्रो शो पाएको छ । काठमाण्डौको जय नेपालमा ४, सिभिलमा ४, कुमारीमा ४ र छाया सेन्टरमा यो चलचित्रले ३ शोज पाएको छ । यस्तै, ललितपुरमा रहेको लबिम मलमा चलचित्रले ४ शो पाएको छ ।

क्यूएफएक्स चेनको ५ पर्दामा मात्र चलचित्रलाई १९ शोज दिइएको छ । यस्तै, चितवनको जलमा हलमा ३ शो, पोखराको सिनेप्लेक्समा चलचित्रले ४ शो पाएको छ ।

यस्तै, काठमाण्डौको बीग मुभिजले यो चलचित्रलाई ४ शो दिएको छ । चलचित्रले ओपनिङ सुखद गर्ने अपेक्षा गरिएको छ । चलचित्रका निर्देशक प्रदिप भट्टराई दर्शकको वर्ड अफ माउथ चलचित्रका लागि सुखद हुनेमा विश्वस्त छन् । विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले पैसा र सुनको कथालाई रोचक तरिकाले उठाएको छ ।