दीलिपले ल्याए अबिरल र अनुराग 


ब्युटी न्युज नेपाल

काठमाडौं, ३० बैशाख 

दिलिपका योञ्जन तामाङद्धारा लिखित मुक्तक संग्रह ‘अबिरल’ र गीति सँग्रह ‘अनुराग’को बजारमा आएको छ । काठमाडौंमा एक समारोहबीच यी दुबै कृतिको बिमोचन गरिएको छ ।

संगीतकार शक्ति बल्लव, गीतकार किरण खरेल, गीतकार राजेन्द्र थापा, गजलकार विपिन किरण, संगीतकार राजेश थापा लगायतले मुक्तक संग्रह र गीति एल्बमको संयुक्त बिमोचन गरे ।

कार्यक्रममा उपस्थित साहित्यकारहरुले दिलिपद्धारा लिखित मुक्तक सङ्ग्रह भित्रका मुक्तकहरु बाचन गरेका थिए । अमेरिकामा रहेर पनी नेपाली गीत संगीत र नेपाली माटो प्रतिको प्रगाढ मायालाई भुल्न नसकेको कुरालाई उल्लेख गर्दै गजलकार तथा गीतकार दिलिप योञ्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह अबिरल र गीति एल्बम अनुरागले नेपाली साहित्य र संगीतको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा उपस्थित सर्जकहरुले गरेका थिए ।

संगीतकार शक्तिबल्लवले गीति संग्रह भित्र भएका सिर्जनाले बर्तमान र भविष्य प्रतिको अवस्थालाई प्रस्तुत गरिएको बताए ।

गीतकार किरण खरेलले परदेशमा रहेर पनि नेपाली सिर्जनालाई नेपाली साहित्यलाई विश्व सामु पुर्याएर मुक्तकारले नेपाली साहित्यको बाटो अझ फराकिलो बनाएको बताए । अनुराग गीतिसंग्रहमा गायक सन्तोष लामा, राजेश पायल राई र श्रेयसी चेम्जोङको आवाज रहेको छ ।