आकाश र पुजा म्युजिक भिडियोमा 


ब्युटी न्युज नेपाल

काठमाडौं ३० बैशाख 

अभिनेता आकाश श्रेष्ठ बाक्लै म्युजिक भिडियो खोल्छन् । उनको सँगतले अभिनेत्री पुजा शर्मा पनि म्युजिक भिडियो तर्फ आकर्षित भएकी छिन् । यसै क्रममा पुजा र आकासले एकसाथ नयाँ म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

 रामकहानी र सम्हालिन्छ कहिले मन चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका छन । यही जोडीले नयाँ गीत तस्बिर..को भिडियोमा मोडलिङ गरेका हुन् ।

सनुप पौडेल र निशा कंडेलको स्वर रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज राहुल प्रधानले गरेका छन् । यो गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् । भिडियमा  बुद्द थापाको छायाँकन छ ।