सुनिल र एन्जिलाको ताराबाजी लै लै…


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० बैशाख

गायक सुनिल कटुवाल र गायिका एन्जिलाको रेग्मीले युगल स्वरमा नयाँ गीत ‘तारा बाजी लै लै…’ को भिडियो दर्शकमाझ ल्याएका छन् । गीतमा शब्द र संगीत भिम विसी र संगीत संयोजन शैलेन्द्र एम. प्रधानको छ ।

यो गीतको भिडियोमा बुगीबुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीले मोडलिङ गरेकी छिन् । भिडियोमा कवितालाई प्रदिप लामा एन्ड द नेक्स्ड डान्स क्रुसँग नृत्य गरेको देख्न सकिन्छ ।

यसअघि सुनिलले एन्जिलासँगै मिलेर ‘कपुरी क’ बोलको गीत बजारमा ल्याएका थिए । ‘गीत डान्सिङ फ्लेबरको छ । आशा छ, ‘कपुरी क’ जस्तै माया पाउनेछु,’ सुनिलले भने ।

पवन सुस्लिङले खिचेको भिडियोको कोरियोग्राफी प्रदिप र प्रमोद भण्डारी मिलेर गरेका छन् । भिडियो निर्देशन भने प्रदिपकै हो ।

https://www.youtube.com/watch?v=psFUXXxfCOA