दुश्मन भनेपछि वर्षालाई फिल्म प्रचार गर्न सजिलो


गसिप न्युज

ब्युटी न्युज नेपाल
काठमाडौं, ३० बैशाख

अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो मिडियाकर्मीसँग नजिकको सम्बन्ध नरहेको, कोही आफन्त मिडियाकर्मी नरहेकोकारण आफुलाई मिडियाले स्थान नदिएको आरोप यस अघि लगाएकी थिईन् । यस्तो अभिव्यक्ती आएपछि यी अभिनेत्रीको केही मिडियाकर्मीले अन्तरवार्ता लिए ।

यिनै अभिनेत्रीले आफु र बर्षा राउतबीच दुश्मनी भएको भन्ने खबर मिडियामा आएको आरोप सहित आफ्नो सामाजिक सञ्जाल फेसबुकमा त्यो कुराको खन्डन गरेकी छिन् । तर उनले भने जसरी वर्षा राउत र वर्षा शिवाकोटीबीच दुश्मनी भएको समाचार चर्चामा रहेका मिडियामा आएको छैन । तथापि आफ्नो रिलिज हुन लागेको चलचित्र बीर बिक्रम २ को प्रचारका लागि यी अभिनेत्रीले फेसबुकमा यस्तो स्टाटस लेखेर पोष्ट गरेको प्रस्टिन्छ ।

‘Dear Barsha Raut खै कसले भनेछ हामी दुश्मन अरे । हामीले एक अर्काको अस्तित्व स्वीकार गर्न सकेनौँ अरे । हामी प्रतिस्पर्धी पक्कै हौँला, एकै क्षेत्रमा काम गरिरहेका छौँ । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौ न मैले । एकै ओछ्यानमा सुते पछी खुट्टा लाग्नु त स्वाभाविक नै हो नी होइन र ? हिजो एकै फ्रेममा अटाएका हामी आज एक अर्काको दुस्मन बनाइएका छौँ । के साच्चै तिमी मेरो र म तिम्रो दुश्मन हौँ र ? हामी बिचमा कहिल्लै केही कुरामा असमझदारी आएका छन् र ? न तिमीले मेरो नाममा न मैले तिम्रो नाममा कहिल्लै कसैसामु सङ्कुचित भावना राखेर कुरा काट्दै हिँडेका छौँ । तर पनि हामी एक अर्काका दुश्मन कसरी बन्यौँ ? एकै परिवारका दुई सदस्य हामी आखिर यो बजारमा भनिएको जस्तै दुश्मनी बोकेर बसेका छौँ र ? तिमीले तिम्रो कर्म गरिरहेकी छौ मैले मेरो कर्म । कर्म फरक फरक गरे पनि धर्म त हाम्रो उही ‘कलाकारिता’ नै हो नी होइन र ? भोगाई र मर्म तिम्रो र मेरो उस्तै त छ नि छैन र ? हामीले एकै ब्यानरबाट चलचित्र क्षेत्रमा पाइला टेक्यौँ । हिजो म्युजिक भिडियो अभिनयमा छँदा पनि हाम्रो सुरुवात खासै फरक समयमा भएको जस्तो मलाई लाग्दैन । दिन फरक भए होला समय पक्कै फरक थिएन । फेरी त्यही समयमा फर्कौँ जहाँ हामी एकै फ्रेममा रमाएका थियौँ । यो भन्दै गर्दा फेरी केही दिनमा फेरी सुन्न पाइनेछ ‘जेठ ३मा दुई बर्षाको भिडन्त ।’ तर, म भन्छु जेठ ३ गते हाम्रो भिडन्त होइन मिलन हुनेछ हल हलमा । हामी सँगै लाग्दैछौँ । एकै फ्रेममा नदेखिए पनि उही पर्दामा पालो पालो देखिनेछौँ । ‘जात्रै जात्रा’को लागी तिमीलाई शुभकामना ।’

यसरी वर्षा शिवाकोटीको स्टाटसलेखेर फिल्मको प्रचार गर्र्दै सबैको ध्यान आफुतिर तानेपछि अर्की अभिनेत्री वर्षा राउत पनि के कम । उनले पनि शिवाकोटीलाई रमाईलो जवाफ यसरी दिईन् ।

‘ Hello Dear ! त्यै त है हामीलाई थाहा नै नपाई एक अर्काको दुश्मनको बिल्ला भिराएछन् ! फुलको आखामा फूलै संसार ! मेरो केहि भन्नु छैन ! मुख्य कुरा हामीले एक अर्का लाई कसरी लिन्छौ भन्ने हो ! हामी आफ्नो आफ्नो काम मा व्यस्त हुदा कुराकानी भेट घाट पातलो भएको पक्कै हो यसको मतलब दुश्मन कुन कोण बाट भयौ भन्ने हरु लाई नै थाहा होला ! हामी कलाकार आज एउटा संग भोलि अर्को संग काम गर्न पर्ने हुन्छ ! हाम्रो आफ्नो भनेको काम हो ! कुन फिल्म कहिले आउने भन्ने हाम्रो कुनै हात हुदैन ! यसमा कुनै हाम्रो गल्ति देख्दिन ! म पनि यहि कुरा सोच्दै थिए तिमीले मेरो मनकै कुरा लेख्यौ ! तिमीलाई पनि बिरबिक्रम २ को शुभकामना ! समग्र मा हामीलाई शुभकामना !बाकी भेटमा है साथी !  ’

यी दुबै नायिकाले यसरी यो तरिकाले पनि आफ्नो रिलिज हुन लागेको फिल्मको प्रचार गरे । प्रचार गर्ने यो तरिकालाई मान्नुपर्छ । दुबैले भनेको जस्तै आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने सबैको चाहना छ ।