आयो आप्पाको नयाँ गीत


ब्युटी न्युज नेपाल
काठमाडौैं, २९ बैशाख
दयाहाङ राई स्टारर सिनेमा आप्पाको नयाँ ओएसटी गीत अमला गीत सार्वजनिक गरिएको छ । गीत रिलिजसँगै यो सिनेमाको नयाँ रिलिज मिति पनि सार्वजनिक गरिएको छ । यसअघि जेष्ठ २४ गते रिलिज हुने भनिएको आप्पा अब असार १३ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।
सिनेमाको सार्वजनिक गीतलाई रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् । सिनेमाको सार्वजनिक गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत तथा मेलिना राई र एसडी योगीको स्वर छ । गीतको भिडियोलाई किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी गरेका हुन् । रवी न्यौपानेले छायाँकन गरेको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको सिनेमालाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय सिनेमा हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।
सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।