‘बाजी’को ट्रेलर रिलीज


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ बैशाख

निर्देशन गरेका नितिन चन्दले नयाँ वेब सिरिज ’बाजी’ तयार पारेका छन् । चलचित्र जोनी जेन्टलमेन सहित सयौँ म्यूजिक भिडियो र हाम्रो हाईस्कूल, रङ्ग टाईम जस्ता वेब सिरिज पछि उनले बाजी तयार गरेका हुन् । हालै मात्र यो सिरिजको ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलर रोमान्टिक थ्रिलर छ । दुई साथीबीच भएको सामान्य चुनौतीले कसरी जीन्दगी नै बाजीमा पर्छ भन्ने मूख्य बिषय उठान भएको बाजी प्रेम, द्वन्द्व तथा बदलाको कथामा बनेको निर्देशक चन्दले बताए ।

बाजीमा वियोन्ड र निर्जला खनालको प्रमूख अभिनय रहेको छ । वियोन्ड नयाँ पुस्तामाझ चिनिएका गायक, गीतकार तथा संगीतकार हुन् । निर्जला आरजे हुन् ।

यो सिरिज २ जेठ देखी प्रत्येक बिहिवार योर स्टाईलको यूट्युब च्यानल मार्फत प्रसारण हुने बताईएको छ । योर स्टाइल र सिनेमाघर एपको सहकार्यमा बनेको यो सिरिज आठ श्रृंखला सम्म प्रसारण हुनेछ । सिनेमाघर एपका कार्यकारी सागर खरेल हुन् ।