बसन्तको साईला मायामा प्रदीप र बेनिशा


ब्युटी न्युज नेपाल
काठमाडौं २८ बैशाख

संगीतकार बसन्त सापकोटाले आफ्नो शब्द, संगीत तथा स्वरमा नयाँ गीत ‘साईला माया नलाम भो…’ को भिडियो दर्शकमाझ ल्याउका छन् । उनले यो गीतको भिडियो युट्युवबाट रिलिज गरेका छन् । यो गीतको भिडियोमा बसन्तसँगै बेनिशा पौडेलको पनि स्वर छ । बेनिशाले यस अघि ‘आँखैमा लगाउने गाजल सकियो…’ गीत गाएकी थिइन् ।

यो गीतको भिडियोमा गायिका बेनिशा र प्रदीप बास्तोलाको अभिनय रहेको छ । राजीव रमरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । शान थापाको निर्देशनमा भिडियो बनेको हो ।

गायक संगीतकार बसन्त सापकोटाले यस गीतबाट आफू निकै आशावादी रहेको बताएका छन् । गीतबारे उने भने, ‘मेरो धेरै गीतहरुलाई दर्शक(स्रोताले रुचाउनु भएको छ । यस गीतमा पनि मैले निकै मेहनत गरेको छु । आशा छ, यस गीतलाई पनि उहाँहरुले मन पराउनु हुन्छ ।’ त्यस्तै गायिका बेनिशा पनि यस गीतलाई लिएर निकै उत्साहित छिन् ।