जेठबाट २४ साउन पुग्यो साईनो


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख

आउँदो १० जेठबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘साईनो’को प्रदर्शन मिति सरेको छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनोको प्रदर्शन मिति अब २४ साउन पुगेको छ ।
साईनोको स्वराँकन सहित विभिन्न प्राविधिक काम नसकिएकाले चलचित्रको प्रदर्शन मिति सारिएको निर्माता चन्दले जानकारी गराएकी छिन् । यो चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् ।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । चलचित्रको एउटा गीत रिलिज गरिसकिएको छ । साइनो चलचित्रको अर्को नयाँ गीत चाँडै नै दर्शकमाझ ल्याउने तयारी गरिएको निर्माता भुवन थापा चन्दले जानकारी गराएकी छिन् । चलचित्र साइनोलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई लगायतका अन्य कलाकारहरुको अभिनय छ ।