सुनिता र प्रकाश ‘लुरुरु हुरुरु’ टिक–टकमा भाइरल


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ बैशाख

गायक प्रकाश सपुत र सुनिता अधिकारीको नयाँ दोहोरी गीत ‘लुरुरु हुरुरु…’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटेर बनाइएको गीतको सयौँले टिक टक भिडियो बनाइसकेका छन् । युट्युवमा रिलिज भएको पाँच दिनमै ४ लाख ८० हजार भ्युज यो गीतले पाईसकेको छ ।

भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त प्रस्तुति रहेको गीतमा प्रकाश भट्टले निर्देशकीय जादु देखाएका छन् । विष्णु शर्माको सम्पादन, राजेश घिमिरेको छायाँकन रहेको गीतमा अहिलेका चर्चित संगीतकार आशिष अविरलले संगीत संयोजन गरेका छन् ।

गायक प्रकाश सुपतको शब्द तथा लय रहेको गीतमा प्रकाश र सुनिता स्वयमको अभिनय रहेको छ । एक साता बित्न नपाउँदै दर्शकहरुको अगाध माया पाउँदा गायिका अधिकारीले खुसी व्यक्त गरिन् ।