ब्युटी न्युज नेपाल
काठमाडौं, २३ बैशाख

चलचित्र पत्रकार संघ मकवानपुरले सञ्चारकर्मी नवराज लम्साललाई यो वर्ष प्रदान गर्ने राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । संघ मकवानपुर शाखाको शनिबार बसेको बैठकले हरेक वर्षको जेठ ७ गते मनाउदै आएको चलचित्र पत्रकारिता दिवसको अवसरमा लम्साललाई पुरस्कृत गर्न लागेको हो । लम्साललाई प्रदान गर्ने पुरस्कारको राशी नगद १० हजार रहेको छ ।
सोही अवसरमा यो वर्ष चलचित्र पत्रकारिता पुरस्कारबाट मकवानपुरबाट नेपाल समाचार पत्रमा कलम चलाउदैं आएका सञ्चारकर्मी रोशन पराजुलीलाई पुरस्कृत गर्ने निणर्य गरेको छ । पराजुलीलाई दिने पुरस्कारको राशी ५ हजार रहेको छ ।  मकवानपुरमा जन्म भई राष्ट्रिय कलाकारितामा जम्न सफल कलाकारहरुलाई सम्मान स्वरुप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट यो वर्ष नेपाली चलचित्रका द्धन्द निर्देशक, कलाकार तथा निर्माता, निर्देशक राजेन्द्र खड्गीलाई  सम्मान गर्ने निर्णय गरिएको संघका अध्यक्ष मणिराज गौतमले बताए ।
संघले गत वर्ष चलचित्र सम्मानबाट नायिका निता ढुङगाना, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट डब्बु क्षेत्री र चलचित्र पत्रकारिता पुरस्कारबाट रामकुमार एलनलाई पुरस्कृत गरेको थियो । भने यस अघि कलाकार भोलाराज सापकोटा, अमिर गौतम, सुशान्त कुमार श्रेष्ठलाई कलाकारिता सम्मान प्रदान गरेको थियो ।