ब्युटी न्युज नेपाल
काठमाडौं, २२ बैशाख

चलचित्र सानो मन २० असारबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । यो चलचित्रको रिलिज मिति घोषणा सहित सानो मनमा समावेश नृत्य प्रधान गीत रानु कम्बर…को भिडियो आईतबार काठमाडौंमा एक समारोहबीच रिलिज गरियो । यो गीतको भिडियोलाई हाई टेक इन्टरट्रेनमेन्ट च्यानलबाट रिलिज गरिएको छ ।

यो गीतमा आयुशमान देसराज जोशी, शिल्पा मास्के, गौरी मल्ल, विशाल पहाडी, रश्मी भट्ट लगायतको नृत्य छ । यो गीतलाई बलिउडका साजन सिंहले कोरियोग्राफी गरेका हुन् । उनी बलिउड अभिनेता सलमान खानका नीजि डान्स ट्रेनर हुन् ।
सुयोग गुरुङको डेब्यु निर्देशनमा तयार हुँदै गरेको यो चलचित्र सामाजिक प्रेम कथामा आधारित रहेको छ । सुयोग सोताङ र रोमन बज्राचार्यको संगीत, रोेमन र रबी मल्लको शब्द रहेको यो गीतमा निर्देशक सुयोग गुरुङ, सिम्मा राई र रोमनको स्वर रहेको छ ।

विभिन्न पार्टीमा बज्ने यो गीतमा नायक आयुषमान देसराज जोशीको नृत्य प्रसँसनीय छ । आगामी असारमा अभिनेत्री प्रियँका कार्कीसँग हुने आफ्नो विवाहमा यही गीतमा आफु नाच्नै आयुशमानले बताएका छन् । गीत उनलाई निकै मन परेको छ ।

रानू कम्बर… गीतमा अभिनेत्री शिल्पा मास्केको नृत्य पनि आकर्षक छ । यो गीत र चलचित्रमा काम गर्दाको अनुभव सुनाउँदै शिल्पाले गीत र भिडियो राम्रो बनेको बताईन् ।

अभिनेत्री गौरी मल्लले यो गीतमा आयुशमानको नृत्यले आफुलाई दिवँगत अभिनेता श्रीकृष्ण श्रेष्ठको नृत्यको झझल्को दिएको बताईन् । उनले यो गीतमा श्रीकृष्णको स्तरको नृत्य आयुशमानले गरेको जिकिर गरिन् ।

चलचित्र सानो मनलाई आलोक सुक्लले खिचेका हुन् । सानो मनलाई योगेश गुरुङ, राजेन्द्र मानन्धर, राजिब श्रेष्ठ र सरद श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा शिषिर वाङदेल, सक्षम कृष्ण श्रेष्ठ, कृष्णभक्त महर्जन, लक्ष्मी भुषाल, प्रकाश श्रेष्ठ र देवकुमार श्रेष्ठको अभिनय छ ।

निर्देशक गुरुङले चलचित्रमा अरु चार ओटा गीत रहेको र आफ्नो फिल्म संगीत प्रधान प्रेम कथामा केन्द्रित रहेको जानकारी गराए ।

यस्तै निर्माता राजेन्द्र मानन्धरले आफहरुले यो फिल्मलाई राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए ।

भिडियो:

https://youtu.be/ANy6NimqGZ4