छक्का पञ्जा ३ उत्कृष्ट फिल्म, सलिनमान र नम्रता उत्कृष्ट अभिनेता अभिनेत्री


डी सिने अवार्ड-२०७५ 

ब्युटी न्युज नेपाल
काठमाडौं २१ बैशाख

अभिनेता सलिनमान बनियाँले यात्रा ः ए म्युजकल ब्लगबाट ११ औं सृँखलाको डि सिनेअ वार्ड जितेका छन् । यो अवार्ड प्राप्तिलाई सलिनमाननले जीवनको एउटा महत्वपूर्ण सफलताको रुपमा लिएका छन् ।
छायाँछबि क्रियसनद्धारा शनिबार काठमाडौंमा आयोजित डी सिने अवार्डमा अभिनेत्री तर्फको अवार्ड चलचित्र प्रसादबाट नम्रता श्रेष्ठले चुमेकी छिन् ।

अवार्ड समारोहमा उत्कृष्ट चलचित्रको अवार्ड छक्का पञ्जा ३ ले जितेको छ । यही चलचित्रबाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड चुमिन् । चलचित्र ए मेरो हजुर ३ ले पपुलर फिल्मको अवार्ड जित्यो ।


सो अवार्ड समारोहमा नव अभिनेताको अवार्ड चलचित्र इन्टु मिन्टु लन्डनमाबाट धिरज मगरले जिते । उनले उमेश थापा, आशिष पिया, बिकी जोशी र समुन्द्र पण्डितलाई उछिनेर अवार्ड आफ्नो पोल्टामा परेका हुन् । यस्तै नव अभिनेत्रीको अवार्ड ए मेरो हजुर ३ बाट सुहाना थापाले जितिन् । उनले पनि प्रतिस्पर्धीहरु निरिषा बस्नेत, रेवती क्षत्री, मलिका महत र उपासना सिंह ठकुरीलाई पछि पादै अवार्ड जितेकी हुन् ।
नव निर्देशकको अवार्ड यात्रा ए म्युजिक ब्लगबाट सम्राट शाक्यले हासिल गरेका छन् । २०७५ को पपुलर फिल्मको अवार्ड चलचित्र ए मेरो हजुर ३ लाई प्रदान गरियो ।

अभिनयतर्फ नै सहअभिनेताको अवार्ड यात्राबाट सरोन बस्नेतले र सहअभिनेत्रीको अवार्ड चलचित्र समर लभबाट नम्रता सापकोटाले प्राप्त गरे । चरित्र अभिनेताको अवार्ड क्याप्टेनबाट सरोज खनालले र चरित्र अभिनेत्रीको अवार्ड छक्का पञ्जा–३ बाट लक्ष्मी गिरीले हाँसिल गरेका छन् ।

यता हास्य कलाकारको अवार्ड चलचित्र छक्का पञ्जा–३ बाट केदार घिमिरेले, खलनायकको अवार्ड चलचित्र चंगाचेटबाट माओत्से गुरुङले र बाल कलाकारको अवार्ड चलचित्र हैरानबाट एन्जल राईले जिते ।

सोही समारोहमा लेखनतर्फ उत्कृष्ट कथाको अवार्ड चलचित्र गोपीबाट दीपेन्द्र लामाले, पटकथाको अवार्ड यात्रा ए म्युजिकल ब्लगबाट सम्राट शाक्यले, संवादको अवार्ड चलचित्र प्रसादबाट सुशील पौडेलले जिते ।

प्राविधिकतर्फ सम्पादकको अवार्ड छक्का पञ्जा–३ बाट विपिन मल्लले, छायाकारको अवार्ड ए मेरो हजुर–३ बाट सञ्जय लामाले, द्वन्द्व निर्देशकको अवार्ड यात्राबाट हिमाल केसीले, नृत्यतर्फ चलचित्र लोकगीत नृत्य निर्देशकको अवार्ड चलचित्र जय भोलेको उम्लियो भने…बाट वसन्त श्रेष्ठले, उत्कृष्ट नृत्य निर्देशकको अवार्ड चलचित्र राम कहानीको तिम्रा लागि गीतबाट कविराज गहतराजले प्राप्त गरे ।

संगीततर्फ गीतकारको अवार्ड चलचित्र रोजको फूल होइन…बाट राजेशकुमार श्रेष्ठले र संगीतकार तर्फको अवार्ड पनि राजकै फूल होइन…गीतबाट एलिस कार्कीले जिते ।

चलचित्र लोक संगीतको अवार्ड छक्का पञ्जा–३ को पहिलो नम्बरमा…गीतबाट दीपक शर्माले पाए । छक्का पञ्जा–३ कै पहिलो नम्बरमा…गीतबाटै गायकको अवार्ड डेभिड शंकर र गायिकाको अवार्ड बिन्दु परियारले जिते ।

यस्तै अन्य विधामा पाश्वसंगीतको अवार्ड चलचित्र भोरबाट प्रवेश मल्लिक र जेसन कुँवरले, साउन्ड डिजाइनको अवार्ड डमरुको डन्डिबियोबाट मुकेश शाहले हासिल गरे ।

सोही कार्यक्रममा चलचित्र डमरुको डन्डिबियोलाई क्रिटिक्स अवार्ड प्रदान गरियो । चलचित्र यात्रा ए म्युजिकल ब्लगलाई जुरी अवार्ड र चलचित्र सुकुलगुण्डाबाट जुँगे भट्टराईलाई इन्करेजमेन्ट अवार्डबाट सम्मानित गरियो ।

बरिष्ट अभिनेता नीर शाहलाई लिजेन्ड्री सम्मान

वरिष्ठ अभिनेता एवं चलचित्र निर्देशक नीर शाहलाई लिजेन्ड्री सम्मानबाट सम्मानित गरिएको छ । नेपाली चलचित्र क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पुरयाएको भन्दै वरिष्ठ अभिनेता एवं चलचित्र निर्देशक नीर शाहलाई छायाछवि लिजेन्ड्री अवार्डबाट सम्मानित गरिएको हो ।

२५ हजार रुपैयाँ सहित दोसल्ला ओढाएर ताम्रपत्रबाट उनलाई सम्मानित गरिएको हो । यो अवार्डले आफूलाई अझै धेरै जिम्मेवारी थपेको शाहले कार्यक्रममा बताए ।

यस्तै, नेपाली चलचित्र क्षेत्रमा अढाई दशकभन्दा लामो योगदान पुर्याएबापत चलचित्र निर्देशक शोभित बस्नेत र गायिका देविका बन्दनालाई ‘छायाछवि रजतसम्मान’बाट सम्मानित गरियो । पत्रकारितामा अढाई दशकभन्दा लामो योगदान पुर्याएका पत्रकार अनन्त वाग्लेलाई ११ हजार एक सय ११ रुपैयाँसहितको छायाछवि चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । पुरस्कारको आर्थिक प्रायोजन चर्चित मोडल सितास्मा मल्ल हमालले गरेकी थिईन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्था छायाछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियले नेपाली चलचित्र र चलचित्रकर्मीको प्रोत्साहनका लागि ११ वर्षदेखि नियमित रूपमा यो अवार्ड आयोजना गर्दै आएको बताए । यसपटक अवार्डका निर्णायकमा सिनेकर्मीहरू मोहन निरौला, राजेन्द्र उप्रेती, विजयरत्न तुलाधर र सवनम मुखिया थिए ।