मोफसल यात्रामा बीर बिक्रम २


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ बैशाख

चलचित्र बीर विक्रम २ टिम यतीबेला मोफसल टुरमा निस्केको छ । ३ जेष्ठ प्रदर्शनमा आउन लागेको यो फिल्मको मोफसल प्रचार प्रसारमा पोखरा पुगेको छ ।

फिल्मका कलाकार साहितको टोलिले पोखरा चिप्लेढुङ्गामा कन्सर्ट गरेको छ । फिल्मका मुख्य चार पात्र बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धी तामाङ सहित बाल कलाकार मनिष लिम्बु र गायक दिपक लिम्बुले पोखरामा आयोजित कन्सर्टमा आफ्नो प्रस्तुती राखेका थिए । कन्सर्ट हेर्न पोखरेली दर्शकको उलेख्य उपस्थिती रहेको थियो ।

कन्सर्टमा बोल्दै फिल्मका निर्देशक मिलन चाम्सले नेपाली फिल्मको गुणस्तर पछिल्लो समय बढ्दै गएको र नेपाली फिल्मका दर्शक बढ्दै आएकोमा फिल्ममा लगानी समेत बढेको बताए । उनले नेपाली फिल्म प्रदर्शनमा लागी पोखरा महत्वपुर्ण गन्तब्य बन्ने गरेको बताए । पोखरेली दर्शकले नेपाली फिल्म प्रती देखाएको सदासयता प्रति कृतज्ञ रहेको बताए । जसरी पोखरा आम नेपाली तथा विदेशी पर्यटकको पहिलो रोजाई बन्ने गरेको छ त्यसरी नै नेपाली फिल्मको पहिलो गन्तब्य बन्नेमा आशावादी रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नायिका बर्षा सिवाकोटीले नेपाली फिल्मलाई माया गर्न र राम्रो फिल्म लाईइ सदा साथ दिन अनुरोध गरिन् । नाजिर हुसेनले वीर बिक्रम २ हेर्नै पर्ने फिल्म बनेको बताए ।
फिल्मबाट आफुहरुले निकै आशा गरेको र त्यो आशा पुरा गर्न पोखरेली दर्शकको साथ मागेका थिए । उनीहरुले बीर बिक्रम २ले दर्शकलाई निराश नबनाउने बताए ।