२५ औ मिस नेपालको अन्तिम तयारी


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ बैशाख

आउँदो २६ बैशाखमा यो वर्षको मिस नेपाल चयन हुने भएको छ । काठमाडौंको किर्तिपुर स्थित ल्याब स्कुलको प्रँगनमा ‘२५ औ मिस वल्र्ड नेपाल–२०१९’ ग्राण्ड फिनाले सम्पन्न हुने भएको छ ।
त्यसका लागि २५ औं मिस नेपालका २६ जना प्रतियोगीहरु अन्तिम तयारीको लागि बन्द प्रशिक्षण ब्यस्त छन् ।

यसपटकको मिस नेपाल प्रतियोगीहरु निशा पाठक (काठमाडौं) प्रियंका चौधरी (पोखरा), सोफिया भुजेल (काठमाडौं) रिया बस्नेत (काठमाडौं), पुनम पन्त (तनहु), अनुष्का श्रेष्ठ (काठमाडौं), जेनी महर्जन (काठमाडौं), अश्मिता महर्जन (ललितपुर), किरण थापा( काठमाडौं), प्रदीप्तता अधिकारी (काठमाडौं), नीतिका कर्माचार्य (ललितपुर) रोज लामा (काठमाडौं), सारा बजिमय (पोखरा), लक्ष्मी राउत (ललितपुर), रक्षा उप्रेती (काठमाडौं), मिरा कक्षपति (भक्तपुर), जेनिशा थपलिया (मोरङ), पुजा श्रेष्ठ (झापा), बिपना सुबेदी (चितवन), सुवेक्षा अधिकारी (ललितपुर) प्रकृति कटवाल (झापा), नेन्सी बोगटी (चितवन), शिवानी घिमिरे (रुपन्देही), सान्तवना मालाकार(काठमाडौं), प्रथा अधिकारी (काठमाडौं), संस्कृति घिमिरे (रुपन्देही) रहेका छन् ।

हिडन ट्रेजर आयोजक रहेको मिस वल्र्ड नेपालकी बिजेताले मिस वल्र्ड २०१९मा, फस्ट रनर अपले मिस युनिभर्स २०१९मा, सेकेन्ड रनरअपले मिस अर्थ २०१९ मा र थर्ड रनरअपले मिस इन्टरनेशलन २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् ।

प्रस्तुती – जयन सुब्बा मानन्धर
तस्बिर – महेश प्रधान