आरजु भईन किड्स क्यापिटल


ब्युटी न्युज नेपाल
काठमाडौं, २० बैशाख

काठमाडौंमा सम्पन्न बाल सौन्दर्य प्रतियोगिता किड्स क्यापिटल २०१९को उपाधि आरजु श्रेष्ठले जितेकी छिन् । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको सो प्रतियोगितामा जुनियरतर्फ अनमोल खड्का, स्पन्दन तामाङ तथा मइसा थापाले क्रमशः फस्ट, सेकेण्ड तथा थर्ड रनर्स अप घोषित भए । यस्तै सिनियरतर्फ अर्पिया लामाले फस्ट रनर्स अप, पार्थ कोइरालाले सेकेण्ड रसर्न अप तथा अनुष्का खड्काले थर्ड रनर्स अपको उपाधि पाए ।

काब्या अधिकारी तथा आरजु श्रेष्ठले मोस्ट ट्यालेन्टेड, कलश श्रेष्ठले भ्युअर्स च्वाइस अवार्ड, परिष्ना बास्तोलाले मोस्ट पपुलरको उपाधि पाए । अभिन्न सुवेदीले मोस्ट पपुलर (इन्टरनेट), अल्मा तामाङले मोस्ट डिसिप्लिन, सुरक्ष्ाँ राईले बेस्ट स्माइल तथा परिष्ठा श्र्ेष्ठले बेस्ट परफमरको उपाधि पाए ।

सो प्रतियोगिताका अन्य उपाधिहरुतर्फ स्वप्निल घिमिरे र प्रकृति परियारले बेस्ट पर्सनालिटी, बिप्लव पौडेल र प्ररिष्ना बास्तोलाले बेस्ट डान्सर, अभिन्न सुवेदी र अनुष्का खड्काले बेस्ट एक्टर, सरेन थापा र अर्पिया लामाले बेस्ट सिंगर, अनमोल खड्का र सुरक्ष्ाँ मगरले फोटोजेनिक, पार्थ कोइराला र कलश श्रेष्ठले कन्फिडेन्ट, अनमोल खड्का र सजबी बरालले क्याटवाक, पार्थ कोइराला र परिष्ठा श्रेष्ठले स्मार्ट किड, अभिन्न सुवेदीले लिटिल प्रिन्स र सजबी बरालले लिटिल प्रिन्सेस, यूग पौडेल र किन्जल शाहले क्युट कन्टेस्टेन्ट, मइसा थापाले मोस्ट ब्यूटिफूल तथा स्पन्दन तामाङले मोस्ट हेण्डसमको उपाधि हाँसिल गरे ।

चलचित्र निर्देशक सुरज चन्द ठकुरी, निर्देश्ँक तथा कोरियोग्रँफरु प्रदिप खड्गी, निर्देशक तथा अभिनेता रोशन कुमार, अभिनेत्री तथा मोडल ऋचा थापा, कोरियोग्राफर नरेशबीर सिंह यो प्रतियोगितामा निर्णायक थिए ।