नेपाल प्लस साइज मोडल छानिने 


ब्युटी न्युज नेपाल

काठमाडौं, १९ बैशाख

यस अघि मोटी युवतीहरुको लागि  ‘सिद्धि मिडियाले ‘नेपाल्स चब्बी मोडल’ आयोजना गरेको थियो । अहिले भने पुरुष तथा महिला दुबैका लागि ‘नेपाल प्लस साइज मोडल २०१९’ आयोजना गर्ने भएको छ ।

‘मेरो कमजोरी मेरो क्षेमता’नाराका साथ आयोजना हुन लागेको  प्रतियोगिता महिला तथा पुरुष दुबैले आवेदन दिन सक्नेछन् । सद्धि मिडियाले एक बिज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा १७ देखि ४० बर्षसम्म जुनै समुदायका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।

समाजमा दबिएर रहेका ब्यक्तिहरुका प्रतिभा, निखार्दे उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।

प्रतियोगिताका शिर्ष सहित आधादर्जन बिधामा बिजेता छानिनेछ । प्रतियोगितामा सहभागीताका लागि सिद्धि मिडियाको कार्यलयबाट आवेदन फर्म भर्न सकिनेछ ।

पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिनेछ । प्रतियोगिले कार्यक्रममा निशुल्क प्रशिक्षण लिन सक्नेछन् ।