जात्रै जात्राको फुटसलमा दयाहाङको राम्रो खेल


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ बैशाख

अभिनेता दयहाङ राईले आफु अभिनयसँगै खेलमा पनि अब्बल भएको प्रमाणित गरेका छन् । दयाहाङले मँगलबार काठमाडौंमा सम्पन्न फुटसलमा कलाकारका तर्फबाट राम्रो खेल प्रदर्शन गरे । त्यसो त दाहाङले दुई साता अघि सम्पन्न मातृभूमि क्रिकेट कपमा कलाकारका तर्फबाट किर्तिपुरमा राम्रो क्रिकेट खेलेका थिए ।

चलचित्र र खेललाई जोड्ने उदेश्यले मँगलबार ललितपुरको च्यासल स्थित फुटसल खेल मैदानमा चलचित्र जात्रै जात्रा र एमआरआर (म्यान्स रुम रिलोडेड) ग्रुपले फुटबल प्रतियोगिताको आयोजना गरेका थियो । सो प्रतियोगितामा एमआरआरका सदस्य र चलचित्र जात्रै जात्राका कलाकारहरुबीच रोचक खेल भएको थियो ।

खेलमा दुबै तर्फबाट बराबरा अर्थात सात–सात गोल गरिएको थियो । जात्रै जात्राका तर्फबाट अभिनेताद्धय दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, निर्देशक प्रदीप भट्टराई लगायतका कलाकारले फुटसल खेलेका थिए ।

जात्रै जात्रा टिम र एमआरआर ग्रुपबीच भएको फुटसल म्याच निकै रमाईलो बन्यो । यो खेलमा कसले जित्छ भन्ने कौतुहलता हुँदा हुँदै पनि अन्त्यमा खेल रोचक मोड अर्थात बराबरमा गएर टुँगियो ।

चलचित्र जात्रै जात्रामा दयाहाङसँगै बिपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, र रविन्द्र झा सहितका कलाकारहरुको अभिनय छ । प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र युनिटले अहिले विभिन्न कार्यक्रम मार्फत चलचित्रको प्रचारलाई तिब्र पारेको छ ।