अभिनेत्री श्वेताको स्वास्थ्य सुधार हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ बैशाख

अभिनेत्री श्वेता खड्का यतीबेला भारतको दिल्लीमा स्वास्थ लाभ गरिरहेकी छिन् । उनको तीन दिन अघि त्यहाँ घाँटीको ट्युमरको सल्यक्रिया गरिएको थियो ।

लन्डनमा नयाँ नेपाली चलचित्र ‘हेलो जिन्दगी’को छायांकनमा व्यस्त रहेका बेला घाँटीको दुखाइका कारण उनले काम गर्न नसकेपछि लन्डानबाट सोझै दिल्ली आएर उनी दिल्लीस्थित बीएलके अस्पतालमा भर्ना भएकी थिईन् ।

श्वेताको आइतबार ट्युमरको सल्यक्रिया सम्पन्न भएको थियो । उनका परिवारका अनुसार श्वेताको स्वास्थ्यमा निकै सुधार आएको छ । दुई सातापछि उनी नेपाल फर्कन सक्ने छिन् ।

तर उनलाई फिल्ममा फर्कन केही समय अझै लाग्ने र श्वेताले केही समय आराम गर्नुपर्ने पनि उपचारमा संलग्न डा. सुरेन्द्रकुमार दवासको भनाई छ ।

अभिनेत्री श्वेताले हाल छायांकन भइरहेको चलचित्र ‘हेलो जिन्दगीमा’ अब काम गर्न नसक्ने भन्दै निर्माण पक्षसँग यस अघि नै माफी मागी सकेकी छन् ।