ब्युटी न्युज नेपाल
काठमाडौं, १६ बैशाख,
भारतका चर्चित पार्श्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो यूट्युब मार्फत सार्वजनिक भएको छ । ‘फूल भए जिन्दगी’, ‘यो दुई थोपा आँशु’, ‘म त अब रिसाउँछु’ लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर भरिसकेका कुमारले धेरैपछि नेपाली गीत गाएका हुन् ।
अमेरिकाको न्यूयोर्कका लागि नेपाली महावाणिज्य दूतसमेत रहेका साहित्यकार एवं सर्जक कृसु क्षेत्रीको शब्द रचना रहेको गीतमा युग भुषालको संगीत रहेको छ । भिडियोको निर्देशन दिलिप समनले गरेका हुन् । भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेको अभिनय छ ।

यस भिडियोको निर्माण रोशन पराजुलीले गरेका हुन् ।  फराज अर्पणले गीतको भिडियो खिचेका हुन् भने सम्पादन पनि उनकै हो । जी एस क्रियशनले भिडियोमा अभिनय गर्ने कलाकारलाई पहिरन उपलब्ध गराएको हो । सार्वजनिक गीतमा आदित्य शंकरले गितार बजाएका छन् । गौरव मल्लिकले गीतको संगीत संयोजन गरेका हुन् । 

इण्डो ग्लोबल फाउण्डेसन र रोयल रिलको सपोर्टमा निर्माण भएको सार्वजनिक भिडियोलाई यूट्युबमा निकै रुचाइएको छ । अधिकांशले कुमार सानुको गायनको प्रशंसा गरेका छन् । गीतले युट्युब रिलिजको केही घण्टामा नै लोभलाग्दो भ्यूज पाएको छ ।