ब्युटी न्युज नेपाल
काठमाडौं, १६ बैशाख

‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई जनस्तरबाट दुबईबाट २० सहयोग संकलन भएको छ । गत २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट यती ठुलो रकम संकलन भएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिएका छन् । ‘कार्यक्रमबाट २० लाख र गायक प्रकाश पौडेल दाईले राख्नु भएको छोटो भेटघाट कार्यक्रममा २ लाख गरी रंगशाला निर्माणका लागि कुल २२ लाख रुपैँया सहयोग प्राप्त भएकोमा निकै हर्षित छौं’ धुर्मुसले भने ।

चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको धुर्मुस सुन्तली साँझ कार्यक्रमबाट २० लाख र आबुधावीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट डिनर कार्यक्रमबाट २ लाख सहयोग संकलन भएको छ ।

कार्यक्रममा धुर्मुस सुन्तलीले हाँस्यप्रस्तुती दिएका थिए भने चर्चित गायिका मेलिना राई, गायक पुष्पन प्रधान लगायतका कलाकारहरुले समेत प्रस्तुती दिएका थिए । कार्यक्रम सकेर धुर्मुस सुन्तली हिजो अर्थात आईतबारनै स्वदेश फर्किएका छन् ।