टिक टक भाईरलहरुको भेला


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ बैशाख,

टिक टकबाट भाईरल भएका चर्चित प्रयोगकर्ताहरु शनिबार काठमाडौंकोसुकेधारा स्थित एक क्याफेमा भेला भए । नेपाली म्युजरले सधै टिक टकमा एकअर्काका प्रस्तुत हेरेर रमाइरहेका उनीहरुबीच प्रत्यक्ष भेटघाट सम्भव गराएको हो।

नेपाली म्युजर बिगत दुई बर्षदेखि टिकटकमा सक्रिय छ । नीरज लायन श्रेष्ठ र उनको टिमले संचालन गर्ने नेपाली म्युजरले टिक टकमा नेपाली गीतसंगीतको प्रबद्र्धन तथा बिस्तारमा जोड दिदै आइरहेको छ । टिक टक प्रयोगकर्ताहरु बीच आत्मीयता स्थापना गर्नका लागि ‘मिट एण्ड ग्रिट’ आयोजना गरिएको जानकारी निरजले दिए ।

‘टिकटक युजरहरुलाई युनाइट गरौ भनेर कार्यक्रम गरिएको हो,’ आयोजक संस्थाका प्रमुख निरजले भने,‘खासमा हाम्रो यो पाँचौ गेट–टुगेदर हो । ’ उनले टिकटक प्रयोगकर्ताहरु स्वस्र्फुत रुपमा उपस्थित भएको बताए । उनले आफूहरु छिट्टैनै पोखरामा अनि देशका अन्य शहरहरुमा मिट एण्ड ग्रिट गर्ने योजनामा रहेको बताए ।

नयाँ तथा पुराना एक सयभन्दा बढी टिकटक प्रयोगकर्ता युवायुवती भेला भएको कार्यक्रममा उनीहरुले अभिनय, क्यारिकेचर, डान्सका साथै गीत गाएका थिए । प्रत्यक्ष भेटघाटमा एकले अर्काको टिकटक प्रस्तुतिबारेमा प्रतिक्रिया दिनेसमेत गरेका थिए । कार्यक्रममा आयोजक नेपाली म्युजर र त्यसका एडमीनले केक काटेर रौनक थपेका थिए ।