अभिनेता दयाहाङ राईका फिल्मी छोरा बुहारी


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ बैशाख

अभिनेता दयाहाङ राई पिता बनेको पाँच वर्ष भयो । तर उनी ससुरा पनि बनिसकेका छन् भन्दा यहाँहरुलाई अचम्म लाग्न सक्छ । एक जना युवतीले आफुलाई दयाहाङ राईको बुहारी भनेर चिनाउँदा सुरुमा त हामीलाई पनि अनौठो लाग्यो । 

दर्शक मित्रहरु दर्जिलिङकी यी युवती एलोना कावो लेप्चाले दयाहाङलाई ससुरा बा भनेकी हुन् । उनको यो नाता बास्तविक नभएर फिल्म नाता भएको बताउँदा पाउँदा हामीलाई पनि रमाईलो लाग्यो ।

नेपाल र दार्जिलिङबाट सँयुक्त रुपमा निर्माण भएको चलचित्र आप्पामा दयाहाङ राई हिरोको बाउ बनेका छन् । यो फिल्अ आगामी ६ असारबाट रिलिज हुँदैछ ।

चलचित्र आप्पामा दार्जिलिङका युवा सिद्धान्तराज तामाङले दयाहाङ राईको छोराको भूमिका निर्वाह गरेका छन् । आफु दयाहाङको पहिला देखि नै फ्यान भएको र अहिले फिल्म आप्पामा दयाहाङकै छोराको रुपमा काम गर्न पाउँदा निकै खुसी लागेको सिद्धान्तले बताए । यसरीसँगै काम गर्दा आफुले धेरैकुरा सिक्ने अबसर पाएको पनि सिद्धान्तले बताए ।

यो चलचित्रमा एलोना चैं फिल्ममा सुरुमा सिद्धान्तको प्रेमिका हुन्छिन् । पछि सिद्धान्तसँग विवाह गरेर उनी दयाहाङको बुहारी बन्छिन् । यी अभिनेता अभिनेत्रीले दयाहाङ राईसँग काम गर्दा निकै नर्भस भएको अनुभव सुनाईन् ।

यस पटक दयाहाङको बुहारी बनेकी एलोना भविष्यामा दयाहाङको प्रेमिका भएर फिल्ममा काम गर्न चाहन्छिन् । यसै प्रसँगमा यी अभिनेत्रीले यस्तो भनिन्,‘मैले दयाहाङका धेरै फिल्म हेरेको छु र उहाँको म फ्यान पनि हुँ । फिल्म आप्पामा म उहाँको बुहारीको भूमिकामा भए पनि आउँदा दिनमा उहाँको नायिका भएर काम गर्ने चाहना छ ।’

स मिडियामा स्नातक गरकी एलोना र ब्याचलर गरेका सिद्धान्तको यो पहिलो फिल्म हो । यी दुबैबीच फिल्ममा आउनु अघि चिनजान थिए । फिल्मबाटै आफुहरुको चिनजान भएका यी दुईले बताएका छन् । फिल्ममा आफुहरुको जोड गज्जवको बनेको र त्यो जोडीलाई दर्शकले मन पराउने पनि यी दुईले दाबी गरेका छन् ।

यी दुबै कलाकार नेपाली चलचित्र उधोगमा स्थापित हुन चाहन्छन् । नव अभिनेत्री एलोना त अब नेपालमै बसेर यतै काम गर्न चाहन्छिन् । आफु अब काठमाडौं बस्ने र आउँदा दिनमा नेपाली चलचित्रमा पनि अभिनय गर्ने चाहना एलोनाले ब्यक्त गरिन् ।

नवोदिन अभिनेता सिद्धान्त र नवोदित अभिनेत्री एलोनीको कामबाट फिल्म आप्पाको निर्देशक अनमोल गुरुङ पनि सन्तुष्ट छन् । यी दुई नवोदित कलाकारहरुले सोचेको भन्दा राम्रो काम गरेको निर्देशक अनमोलले बताएका छन् ।