बद्री र पूर्णकलाले गाए क्रिकेट गीत


ब्युटी न्युज न्युज नेपाल
काठमाडौं, १३ बैशाख

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रँगशाला’ निर्माण अभियान सफल बनाउन कलाकारहरुले विभिन्न सहयोग गर्दै आएका छन् । यसै क्रममा लोक गायक बद्रि पंगेनी र गायिका पुर्णकला बिसीले क्रिकेट गीत गाएका छन् ।

यो गीतलाई सार्बजनिक गरिएको छ । रँगशाला निर्माणका लागि ससबैलाई आग्रह गर्दै उनीहरुले क्रिकेट सम्बन्धि गीत सार्बजनिक गरेका हुन् । ‘रँगशाला बन्छ नेपालीको…’ बोलको यो गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् । जसमा संगीत बद्रि पंगेनीले नै दिएका छन् । गीतमा बद्रीलाई स्वरमा पूर्णकला बिसीले साथ दिएकी छिन् ।

खेलाडीहरुले संसारभर नेपाल चिनाईरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक पंगेनीले बताएका छन् । गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।

हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीले नै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् । शंकर बिसीले निर्देशन गरेका यो भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणीय कार्यहरु समावेश गरीएको छ ।