ब्युटी न्युज नेपाल

काठमाडौं, १२ बैशाख

नवकृष पञ्चकोटीको शब्द र स्वर रहेको गीत अली अली पिलाउँदै…को भिडियो सार्वजनिक भएको हो । रत्न डंगोल, जुना सुन्दास, मनोज ओली, सोमिया समतलगायतको अभिनय रहेको यो गीतको भिडियो युट्युवबाट सार्वजनिक भएको हो ।

राजन इसानको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् ।  रत्न डंगोलले निर्माण गरेको यो भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी, उत्सव दाहालको छायाँकन र विकास दाहालकोे सम्पादन रहेको छ ।