ब्युटी न्युज नेपाल
काठमाडौं, १२ बैशाख

चलचित्र प्रेम गीत र प्रेम गीत–२ पछि आसुसेन फिल्म प्रोडक्सनले चलचित्र प्रेम गीत–३ निर्माण गर्ने भएको छ । चलचित्रलाई छेतेन गुरुङ र यसका निर्माता सन्तोष सेनले सँयुक्त निर्देशन गर्ने भएका छन् ।

फिल्ममा यस अघि नै प्रदीप खड्का मुख्य नायकको रुपमा अनुबन्धित भईसकेका छन् । निर्माण पक्ष बाँकी कलाकार चयनको क्रममा रहेको छ । चलचित्रलाई आगामी २८ चैतमा रिलिज गर्ने निर्माता सन्तोष सेनले बताएका छन् ।

यो प्रोडक्सनले चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु जस्ता चलचित्र यस अघि निर्माण गरिसकेको छ । यो पाँचौ चलचित्र हो । यसको बाँकी टिमबारे चाँडै घोषणा गरिने पनि निर्माण पक्षले जनाएको छ ।