सार्थक प्रेम अवतरण गर्दै प्रज्ज्वल–रेनासा


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ बैशाख

आफुहरुको केही समयको गुपचुप प्रेमसम्बन्धलाई निर्माता प्रज्ज्वल शमशेर जबरा र निर्देशक एवम् कोरियोग्राफर रेनासा वान्तवा राईले गत वर्ष खुलासा गरेका थिए । आफुहरुले निर्माण निर्देशक गरेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को मुहुर्तमा प्रेम सम्बन्ध केही चर्चा गरे पनि यी जोडीले यो चलचित्रको गीत रिलिज कार्यक्रममा प्रेम सम्बन्ध सार्वजनिक गरेका थिए ।

यिनै जोडी आफ्नो प्रेम सम्बन्धलाई सुखद अबतरणको लागि यही २४ बैशाखमा दाम्पत्य सम्बन्धमा बाँधिदैछन् । दोश्रो चलचित्र निर्माणमा जुटेका यी जोडी अहिले चलचित्र निर्माण भन्दा विवाहको तयारीमा व्यस्त छन् ।

प्रज्ज्वल र रेनासाले तीन दिन अघि मात्र काठमाडौंको शँकर होटरमा इँगेजमेन्ट समेत गरिसकेका छन् । इँगेजमेन्टमै प्रज्ज्वल राणा शैलीको भेष भूष र भारदारी ठाँटमा प्रस्तुत भएका थिए । उनीहरुको टिको टालो पनि सोही शैलीमा सम्पन्न भएको थियो ।

इँगेजमेन्टपछि आफुहरुको विवाह तयारीमा जुटेका यी प्रोड्युसर साप र डिरेक्टर साप विवाहलाई भव्य तुल्याउन कुनै कसरबाँकी नराख्ने पक्षमा छन् । उनीहरुको वैवाहिक समारोह र प्रिती भोजको बारेमा थप जानकारी ब्युटी न्युज नेपालले यहाँहरुलाई पछि दिनेछ ।