जेठमा लगातार दयाहाङ


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ बैशाख

अभिनेता दयाहाङ राई आउँदो जेठ महिनामा दर्शकमाझ छाउने भएका छन् । उनले २०७५ सालमा काम गरेका तीन ओटै फिल्म जेठ महिनामै रिलिज हुने भएको छ ।

दयाहाङ अभिनित फिल्म जात्रै जात्रा यही ३ जेठमा रिलिज हुँदैछ । यो चलचित्रमा दयाहाङसँगै बिपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रबिन्द्र सिंह बानियाँसहितको अभिनय छ । चलचित्र जात्रै जात्राको प्रचारमा जुट्न सुरु गरेकी बेला उनले अरु दुई फिल्मको प्रचारमा पनि समय निकाल्नु पर्ने भएको छ ।

किनकी यी अभिनेताको १० जेठमा अर्को फिल्म दयारानी रिलिज हुँदैछ । यसमा उनले दिया पुनसँग काम गरेका छन् । यस्तै २४ जेठमै उनको अर्को फिल्म ‘आप्पा’ रिलिज हुने भएको छ । गत महिना मात्र उनको फिल्म साईली रिलिज भएको थियो । दयाहाङकै अर्को फिल्म निर फुल भदौमा रिलिज हुँदैछ । तर अहिले उनी जेठमा तीन ओटा फिल्मको प्रचार प्रसारमा जुट्नु पर्ने भएको छ ।