बीर विक्रम २ को फस्ट लुक्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १० बैशाख

चलचित्र ‘बीर विक्रम २’ को फस्ट लुक्सको रुपमा अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकारलाई समेटिएको पोष्टर निर्माण पक्षले सार्वजनिक गरेको हो ।

यो चलचित्र आउँदो ३ जेठबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ । यो चलचित्रलाई निर्देशनसँगै निर्माण पनि मिलन चाम्सले नै गरेका हुन् । आफ्नो सिनेमा सामाजिक प्रेम कथामा आधारित रहेको उनले बताएका छन् ।

यो चलचित्रको ‘पिरतीको मिठो तिर्सना…’ (रिमेक भर्सन) को भिडियो मन पराईएपछि हालै अर्को गीत ‘वाचा…’को भिडियो रिलिज गरिएको थियो । फिल्मको प्रचारलाई तिब्रता दिन फस्ट लुक्सको रुपमा यतीबेला पोष्टर रिलिज गरिएको हो ।

फिल्मको एउटा पोष्टरमा अभिनेता नाजिर हुसेन र सँगै अभिनेत्री वर्षा शिवाकोटीलाई समेटिएको छ । बाँकी पोष्टरमा फिल्मका बाँकी सबै मुख्य कलाकारलाई समेटिएको छ । नाजिर, वर्षा, बुद्धि तामाङलगायतको मुख्य भूमिका यो फिल्ममा छ ।

करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘वीरविक्रम’ को प्रिक्वेलको रुपमा बीर बिक्रम २ निर्माण गरिएको निर्देशक चाम्सले बताएका छन् । वीरविक्रममा नाजिरसँगै दयाहाङ राई, अनुप विक्रम शाही, दीया पुनको मुख्य भूमिका थियो ।

‘वीरविक्रम २’ का छायाँकार सुदीप बराल हुन् । अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा नाजिर र वर्षासँगै बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मलाई प्रदीप भारद्धाजले लेखेका हुन् ।