प्रसुनलाई ५१ हजार सहित राइजिङ स्टारको उपाधि


ब्युटी न्युज नेपाल
काठमाडौं, १० बैशाख

काठमाडौंमा सम्पन्न राईजिङ स्टार–२०१९ सिजन–५ को उपाधि काठमाडौंको जोरपाटी स्थित टाइमलाइन स्कुल, कक्षा ८ का छात्र प्रसुन बडालले प्राप्त गरेका छन् । आफ्ना ८५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै राइजिङ स्टार सिजन ५ को उपाधि सहित उनले ५१ हजार, ताज, अवार्ड र बिभिन्न उपहार पाएका छन् ।

त्यस्तै एशियन पब्लिक स्कुल अनामनगर, कक्षा ८ की दृष्टि श्रेष्ठ सिनियरतर्फबाट फस्र्ट रनरअप र जेम्स स्कुल धापाखेलमा कक्षा ५ मा अध्ययनरत पल्सा खड्का जुनियरतर्फ फस्र्ट रनरअप घोषित भए ।

सोही कार्यक्रममा टाइम लाइन स्कुल, जोरपाटीकै कक्षा ६ की आयुष्मा राई सिनियर तर्फबाट सेकेण्ड रनरअप र इडन ब्रीज एकेडेमी धापासी, कक्षा ३ की करुणा राई जुनियरतर्फ सेकेण्ड रनरअप घोषित भए ।
यो प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका ८६ बालबालिका फाइनल प्रतिस्पर्धाको रुपमा रहेको आयोजक एवम् संगीतकार शान्तिराम राईले बताएका छन् ।

कार्यक्रमका निर्णायकहरुमा नृत्य निर्देशक सुमनसागरजंग केसी, गायिका प्रविशा अधिकारी, चार्टर एकाउण्टेन दिलिप घिमिरे, मिस मंगोल २०१८ जाङ्मु शेर्पा, चलचित्र निर्माता तथा अभिनेत्री रोशनी केसी, राईजिँस्टार २०१६ कि बिजेता अनुस्का मानन्धर र राईजिँस्टार २०१७ का बिजेता असल अधिकारी थिए । कार्यक्रममा गायक धिरज राईले आफ्ना चर्चित गीतहरु सुनाए ।