तक्मेबुढा म्युजिक भिडियो निर्देशनमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ बैशाख

हास्य अभिनेता विल्सन बिक्रम राई (तक्मेबुढा) म्युजिक भिडियो निर्देशनमा लागेका छन् । उनले एउटा म्युजिक भिडियो निर्देशन गरेर दर्शकमाझ ल्याएका छन् ।

लिम्बु भाषाका गीतहरु गाएर लोकप्रियता कमाएका गायक ब्रबिम शेर्मा लिम्बु यसपटक नयाँ नेपाली गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । यो भिडियो निर्देशन तक्मे बुढाले गरेका हुन् ।

‘सेवारो नमस्ते….’ बोलको यो गीतको म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जितेको छ । दिल कमल शेर्माको शब्द तथा दिल कमल र ब्रबिम शेर्माको संगीत निर्देशनको उक्त गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका छन् ।

म्युजिक भिडियालाई हास्य अभिनेता विल्सन बिक्रम राईले निर्देशन् गरेका हुन् । भिडियोमा विल्सन आफैंले अभिनेत्री एलिशा राईसंग अभिनय गरेका छन् । भिडियोमा विल्सन र एलिशासंगै सुरेन्द्र बसेलले पनि अभिनय गरेका छन् । भिडियोमा बसेलकै कोरियोग्राफी छ ।

नवराज उप्रेतीको छायांकनको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । गायक ब्रबिम शेर्मा लिम्बूले गाएका लिम्बु गीत्हरुको एल्बमको संख्या नै आधा दर्जनभन्दा बढि छ । ब्रबिमले तीन दर्जनभन्दा बढि नेपाली गीत समेत रेकर्ड गराइसकेका छन् ।