फस्ट लुक्समा यस्तो देखियो जात्रै जात्रा


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ बैशाख

आगामी ३ जेठबाट देशब्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘जात्रै जात्रा’को निर्माण टोली प्रचारमा यतीबेला जुटेको छ । यो फिल्मको एकै दिन र गीत र फस्ट लुक्स सार्वजनिक गरिएको छ ।

चलचित्र रिलिज हुन करिब एक महिना बाँकी रहेको समयमा यसको फस्टलुक सार्वजनिक गरिएको हो । चलचित्रको फस्टलुकमा अभिनेताहरु दयाहाङ राई, विपिन मल्ल, कलाकार रविन्द्र झा र रविन्द्र सिंह बानियाँले दुरबिनले केही हेरेको देखाइएको छ । साथमा अभिनेत्री बर्षा राउत, कलाकार राजाराम पौडेल लगायत छक्क परेको देखिन्छ ।

चलचित्रको फस्टलुक सार्वजनिक भएसँगै दर्शकमा अझै कौतुहलता बढेको छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । चलचित्रको ट्रेलर वैशाख १३ गते सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षको छ ।

अघिल्लो चलचित्र जात्राको सफलतापछि त्यसको दोश्रो सृँखलाको रुपमा जात्रै जात्रा निर्माण गरिएको यसका निर्देशक प्रदीप भट्टराईले जानकारी गराएका छन् ।