चलचित्र संघको अध्यक्षबाट प्रदीपकुमार उदयको राजिनामा


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ बैशाख

हल सञ्चालक र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उद्यले आगामी जेठको पहिलो साताबाट लागू हुनेगरी आफ्नो पदबाट राजिनामा दिएका छन् ।

उदयको कार्यकाल अझै एक वर्ष बाँकी थियो । दुई वर्ष अघि हेटौंडामा भएको अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए । आफ्नो कार्य ब्यस्तताका कारण काठमाडौंमा बस्न नभ्याउने जनाउँदै उनले राजिनामा दिएको संघका एक पदाधिकारीले ब्युटी न्युज नेपाललाई जानकारी गराए ।

बुटबलमा ६ महिना अघि फिल्म हल द्धारिकाज सिनेमा खोलेपछि अध्यक्ष उदय बुटबलतिरै व्यस्त रहने गरेका छन् । उनले दुई महिना यतादेखि कार्य व्यस्तता देखाउँदै नेपाल चलचित्र संघबाट बिदा लिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश ५ को अध्यक्ष भएपछि उनी पछिल्लो समय राजनीतिमा पनि व्यस्त छन् । सोही कारण पनि काठमाडौं भन्दा बढी बुटबलमा बस्नु पर्ने भएकाले उनले राजिनामा पठाएको हुन सक्ने नेपाल चलचित्र संघका एक पदाधिकारीले बताए । अध्यक्ष उदयले आफ्नो राजिनामा सबै पदाधिकारीलाई म्यासेन्जर मार्फत पठाएर आफु जेठदेखि अध्यक्ष पदमा नरहने उल्लेख गरेको पनि ति पदाधिकारीले खुलाए ।