ब्राईडल मेकअप कम्पिटिसिनको लागि आह्वान


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ बैशाख

ब्युटिसियनहरुलाई लक्षित गरेर ‘ब्राईडल मेकअप कम्पिटिसिन–२०१९’ आयोजना हुने भएको छ । बरिष्ट ब्युटिसियन सुमित्रा रंजितले यो प्रतियोगिता आयोजना गर्न लागेकी हुन् ।

आयामी १८ बैशाखमा काठमाडौंमा अन्तिम प्रतिस्पर्धा हुने यो प्रतियोगितामा सहभागी हुन चाहनेहरुले १० बैशाखसम्म सहभागिताको लागि फारम भर्नु पर्ने आयोजक सुमित्रा रंजितले जानकारी गराएकी छिन् । फारम ब्युटि सेक्रेट ब्युटि सलुन एन्ड ट्रेनिङ सेन्टर खिचापोखरी, कलँकी व्युटीपार्लर एन्ड ट्रेनिङ सेन्टर कलँकी, प्योर स्टाईलिस ब्युटी होम पुलचोक, ओम शान्ति ब्युटी क्लिनिक भक्तपुर लगायतको स्थानमा पाईने छ ।

यो प्रतियोगितामा बिजेताले २० हजार रुपैयाँ र ट्रफी, दोश्रो हुनेले १५ हजार रुपैयाँ र ट्रफी तथा तेश्रो हुनेले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने पनि आयोजक सुमित्रा रंजितले जानकारी गराईन् । प्रतियोगीहरुलाई विविध प्रशिक्षण दिईने भएको छ ।