अनु सातौ जुनिएर ब्याटल–२०१९


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ बैशाख

तोरन स्कुलका अनु भन्डारीले सातौ जुनिएर ब्याटल–२०१९को उपाधि जितेकी छिन् । काठमाडौंको नाचघरमा मिडिया ल्याण्डले शुक्रबार अबेरसाँझसम्म आयोजना गरेको सो प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ पैसा, क्राउन र विभिन्न उपहार प्राप्त गरिन् । उनले विदेशमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

सो प्रतियोगितामा जुनियर तर्फ फस्ट रनर अपको उपाधि पाठशाला नेपालकी श्रेया थापा र सेकेन्ड रनर अपको उपाधि पाठसाला नेपालकै कुशल लामाले जिते । यस्तै सिनिएरतर्फ फस्ट रनर अपको उपाधि एल आर आइ स्कुलबाट आजन्म सापकोटाले र सेकेन्ड रनर अपको उपाधि तोरन स्कुलबाट आस्मा थापाले हाँसिल गरे ।

कार्यक्रमको निर्णायकमा भूमिकामा गोपाल झा, सीता पाठक, निर्णय श्रेष्ठ, लसता जोशी, संगिता श्रेष्ठ, उत्तम बनेपाली, महेश महर्जन, सुबेक्षा खड्का, धर्मेन्द्र सेवान, रोहित जोन क्षत्री थिए ।

बाल बालिकाहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक प्रतिमा श्रेष्ठले बताईन् ।