जात्रै जात्राको जीबन जात्रा हो…


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ बैशाख

आगामी ३ जेठबाट प्रदर्शनीमा आउने चलचित्र जात्रै जात्राको नयाँ गीत जीवन जात्रा हो…रिलिज भएको छ । यो गीतको भिडियो अफिसियली च्यानल ओएसआर डिजिटलबाट शुक्रबार रिलिज गरिएको हो ।

यो गीतमा फिल्मका तीन मुख्य अभिनेता बिपिन कार्की, रबिन्द्र झा र रबिन्द्रसिंह बानियाँको अभिनय छ । चलचित्रको यो शिर्ष गीतमा जीवन र जात्रालाई जोडिएको छ । भिडियो हास्यरसयुक्त छ । गीत निकै मिठो र सन्देशप्रधान बनेको छ ।

अर्जुन भट्टराईले लेखेको यो गीतलाई कालीप्रसाद बासकोटाले गाएका छन् । गीतमा संगीत पनि बासकोटाकै छ । मित्रदेब गुरुङको सम्पादन रहेका यो चलचित्रलाई निर्देशक प्रदीप भट्टराईले गरेका हुन् ।

शिबराम श्रेष्ठले खिचेको यो चलचित्रमा बिपिन कार्की, दयाहाङ राई, रबिन्द्र सिंह बानिया, बर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, साजन थापामगर, प्रियँका झासहितको अभिनय छ ।