पिता बने आर्यन


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ बैशाख

अभिनेता आर्यन सिग्देल पिता बनेका छन् । विवाहको पाँचौं वर्ष गाँठकै दिन उनी पिता बनेका हुन् । शुक्रवार मध्यान्न श्रीमती सपना भण्डारीले पहिलो सन्तान छोरा जन्माएकी छिन् । काठमाडौंको बसुन्धारामा रहेको चिरायु अस्पतालमा उनीहरुको पहिलो सन्तान भएको हो ।

अभिनेता आर्यनले छोराको नाम समेत जुराईसकेका छन् । पुत्रको नाम आयांस् राखिएको छ । केही हप्ता अघि मात्र उनले गर्भवती पत्नी र आफ्नो फोटो सार्वजनिक गरेका थिए । आर्यन र सपनाको ६ वैशाख २०७१ मा प्रेम विवाह भएको हो । विवाहकै तिथिमा यी दम्पतीले नयाँ सन्तान लाभ गरेका छन् ।

नयाँ चलचित्र चच हुईको यसै साता छायाँकन सकेका आर्यनलाई पुत्रलाभपछि सबैतिरबाट बधाई आएको छ । उनले पुत्रलाई काखी च्यापेर फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा बधाई आएको हो । यसै क्रममा ब्युटी न्युज नेपाल परिवार पनि अभिनेता आर्यन सिग्देल र सपना भण्डारीलाई पुत्रलाभको लागि हार्दिक बधाई ज्ञापन गर्दछ ।