मिस नेपालका २५ प्रतियोगीले देखाए ट्यालेन्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ बैशाख

मिस वल्र्ड नेपाल २०१९ मा यस पटक २५ प्रतिस्पर्धी रहेका छन् । मुलुकका आधा दर्जन भन्दा बढी शहरबाट अडिसन पछि उनीहरुलाई प्रशिक्षणमा उतारिएको हो । प्रशिक्षणकै क्रममा यिनीहरुले आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका छन् । आयोजक संस्था हिडेन ट्रेजरले उनीहरुलाई ट्यालेन्ट शोमा उतारेको हो ।

यी प्रतियोगीहरुले काठमाडौंमा एक समारोहबीच बिहिबार अपरान्ह आफ्नो ट्यालेन्ट देखाएका छन् । उनीहरुले सो क्रममा नृत्य, गायन, बतृत्वकला, साहित्य, बाद्यबादन जस्ता विविध कला प्रस्तुत गरेका छन् । ट्यालेन्ट शो करिब दुई घन्टासम्म चलेको थियो । ट्यालेन्ट शोमा आफ्ना छोरीको विविध प्रतिभा देख्दा उनीहरुका अभिभावकहरु पनि निकै खुसी भएका थिए ।

यसी ट्यालेन्ट शोमा आफ्नो प्रतिभा देखाउन २५ प्रतियोगीहरुमा निशा पाठक, अलिसा जोशी, सोफिया भुजेल, रिया बस्नेत, संस्कृति घिमिरे, अनुष्का श्रेष्ठ, जेनी महर्जन, अस्मिता महर्जन, किरण थापा, प्रदीप्ता अधिकारी, निकिता कर्माचार्य, रोज लामा, सारा बजिमय, लक्ष्मी राउत, रक्षा उप्रेती रहेका छन् । यस्तै बाँकी प्रतियोगी मिरा कक्षपति जेनिशा थपलिया, पुजा श्रेष्ठ, बिपना सुवेदी, शुभेच्छा अधिकारी, प्रकृति कटवाल, न्यान्सी बोगटी, शिवानी घिमिरे, सान्त्वना मालाकार र प्राथा अधिकारीले पनि ट्यालेन्ट शोमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

करिब दुई साता अघि मिस नेपालको अडिसनबाट यी प्रतियोगीहरु चयन भएका हुन् । अझै उनीहरुको १९ दिन विविध प्रशिक्षण चल्ने छ । त्यसपछि उनी मिस वल्र्ड नेपालको फाईनलमा उत्रने छन् । मिस नेपालको चयन आउँदै २५ बैशाख बिहिबार बेलुका काठमाडौंको अन्नपूर्ण होटलमा हुने भएको छ ।

मिस वल्र्ड नेपालकी बिजेताले मिस वल्र्ड २०१९मा, फस्ट रनर अफले मिस युनिभर्स २०१९मा, सेकेन्ड रनरअपले मिस अर्थ २०१९ मा र थर्ड रनरअपले मिस इन्टरनेशलन २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने भएका छन् ।