रिलिज पछि आयो यात्राको रोमाञ्चक गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ बैशाख

‘यात्रा स् अ म्युजिकल ब्लग’को रोमान्चकारी गीत फ्लाइङ्ग…को भिडियो रिलिज गरिएको छ । गीतलाई पोखराको रमणीय स्थलमा छायाँकन गरिएको छ ।

नव अभिनेत्री मलिका महतसँग अभिनेता सलिनमान बनियालाई रोमान्टिक अवतारमा देखाइएका छ ।

यो गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको छ । यसको शब्द र संगीत प्रतिक पौडेलको हो । यसमाप्रविन सिंहको कोरियोग्राफी रहेको छ ।

गीतलाई निर्माण पक्षले फिल्म रिलिजपछि सार्वजनिक गरेको हो । आफुहरुले योजना अनुसार नै चलचित्र रिलिजपछि यो गीतको भिडियो सार्वजनिक गरेको निर्देशक सम्राट शाक्यले बताए । फिल्मले प्राप्त गरेको प्रतिक्रियाले आफुहरु निकै उत्साहित भएको पनि उनले दाबी गरे ।

यात्रामा सलिनमानले ब्लगमार्फत समाजमा ल्याउन सकिने परिवर्तनलाई चित्रण गरेका छन् । फिल्ममा सलिनमान बनियासंगै सलोन बस्नेत, मलिका महत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंगकुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय छ ।